लेख तथा रचना

अबको बाटो

भोला नाथ पाठक

building

वर्षान्तको चैत्र महिनाका सन्ध्याहरुमा क्षितिजमा जव लाली चढ्छ शुभ विहानीको प्रतिक्षामा पाँच तारा साकोसले हरेक दिन तारा गन्दै बैशाख १ गते को प्रतिक्षा गर्छ । प्रत्येक सालको चैत्र २० गतेवाटै पाँच तारा सहकारीको बार्षिकोत्सव प्रारम्भ भएझै लाग्छ । मलाई सहकारीमा चासो राख्ने हरेक सदस्यहरुमा एक प्रकारको उमंग संचार भएझै अनुभुत गर्छु म ।
देशले सहकारीको बार्षिकोत्सव मनाउँदै गर्दा संगसंगै जोडिएर यस पाँच तारा साकोसको बार्षिकोत्सव पनि शुरुवात हुन्छ । किनकि चैत्र २० गतेवाटै राष्ट्रिय सहकारी दिवसकै दिन २०६४ चैत्र २० गते यस संस्थाको पनि दर्ता भएको दिन पर्दछ संयोगले । र राष्ट्रिय सहकारी दिवसलाई समेत समेट्दै यस संस्थाले आफ्नो दर्ता भएको दिन हरेक बर्ष चैत्र २० गते नै रक्तदान कार्यक्रम गर्दै आएको छ । भने संस्थाले बचत तथा ऋणको कारोवार कार्यालय मार्फत शुरुवात गरेको २०६५ बैशाख १ गतेको सम्झना स्वरुप हरेक बर्ष वैशाख १ गते भव्य रुपमा बार्षिकोत्सव मनाउने गर्दछ सांस्कृतिक तथा मनोरन्जनात्क कार्यक्रम सहित “पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान कार्यक्रम” का साथ । कँहि कतैबाट यसलाई खर्चालु भनिए पनि “मौकामा हिरा फोड्नु बेमौकामा कौडी नछोड्नु” भन्ने चर्चित नेपाली उक्तिलाई हामीले राम्ररी नै बुझेका छौं । यस दिनलाई हामी हाम्रा अग्रजहरुको सम्मानका लागि समेत समर्पण गर्दछौं । नयाँ बर्षको नाममा जाँड रक्सी र फजुल खर्चमा समय व्यतित गर्नेहरु यहाँ नभएका होइनन वरु हामी सहकारीकर्मीहरुका लागि नयाँ बर्षको शुरुवात अग्रजहरुका विचार सुन्नमा व्यतित हुनु राम्रो हो भन्ने हामीलाई लागेको छ । यसलाई सानुपर्छ कि भन्ने सदस्य तथा शुभचिन्तकहरुको विचारलाई हामीले मनन नगरेको पनि होइन तथापी इतिहाँस र विगत सार्न सकिन्न जसरी जन्म र मृत्युको दिन सार्न सकिन्न यसलाई सवै सदस्य तथा अग्रजहरुले “असल कर्मवाट वर्षको शुरुवात” भनि बुझिदिनु हुनेछ भन्ने अपेक्षा लिएको छु । यहाँहरुसंगै यस महान पर्वका दिन एकाकार हुने अवसर प्राप्त भएको मा गौरवान्वित महशुस गरिरहेको छु । विगत देखि नै यस कार्यक्रममा उपस्थित भई हामीलाई हौसला प्रदान गर्नु हुने र नवागन्तुक सवै सदस्य तथा विद्वान महानुभावहरुमा हार्दिकतापुर्वक नमन गर्न चाहन्छु ।
संस्था स्थापना चरणको हाम्रो प्रयास र हामीलाई सहयोग गर्ने सबैलाई आज यस घडिमा प्रत्येक नयाँ बर्षको वार्षिकोत्सव सँगै हरेक पटक सम्झने गर्दछु । इतिहास आफै बन्छ बनाउनु पर्दैन । कर्म गर्ने मानिसका लागि हरेक पल इतिहासको निरन्तर ता रहेछ । समयले देखाएको आवश्यकता पगेल्दै जानु बाहेक हाम्रा सामु अर्को बिकल्प पनि कहाँ छ र ? संस्था स्थापनाकालको समयरुपी धरातल र आजको धरातल बीच कैयौं गुणाको फरक आइसकेको छ । संस्था केवल अव हाम्रो इच्छा संग जोडिएन यहाँ त हजारौं सदस्य र तिनका बिचार र आवश्यकतासंग जोडिएर आउने रहेछ । मानवीय बिकासक्रम झै संस्थाको भौतिक बिकास संगै भावनात्मक र कृयात्मक सम्बेगहरु प्रवाहित गर्नु पर्ने र सेवा प्रति कर्तब्यनिष्ठ हुन हामीलाई हरेक कोणबाट हौसाला र प्रेरणा प्राप्त भइरहेछ ।
संस्था बिकास निरन्तर प्रकृया हो र पनि एउटा बिषयले भने मलाई सधै पिरोलिरहन्छ कि आमालाई सन्तानको माँया हुन्छ र रातदिन चिन्ता गरिरहन्छिन तर सन्तानले त्यसै अनुरुप आमा प्रति सद्भाव र ाखेन भने आमाको मन कँुडिन्छ र बिचलित हुन्छ, त्यसरी नै यस आमारुपी संस्थाले हामी जस जस्लाई जुन प्रकारले चिनायो । संस्थावाट सेवा सुबिधा लियो, कर्जा सुबिधा, बचतमा लोभलाग्दो ब्याज, राम्रो कार्य गर्ने प्रति सद्भावना, पुरस्कार तर के संस्थाको भविश्य प्रति हामी सबै सदस्य चिन्तित छौ कि छैनौ ? केवल वार्षिक साधारण सभा र कार्यक्रममा भौतिक उपस्थितिले मात्र संस्थारुपी आमाको हेरचाह होला र ? हामीले आन्तरिक स्वास्थ्य अवस्था, यस्को भविष्य र गन्तब्य पगेल्नु पर्नेछ । सहकारी क्षेत्रप्रति नै भएको चौतर्फी आक्रामण, दिग्भ्रमित यो जनाकारहरु, गैरजिम्मेवार अभिभावकहरुवाट नै सहकारीको रुपान्तरणमा अत्यन्तै जटील अवस्थाहरु श्रृजना भएको अवस्था छ । यस घडीमा ऐन नियम बिनियम, अनुगमन आदिको नाममा सहकारीलाई सहकारी झै चल्न नदिइ ‘हकारी’ चलाउने प्रपन्च भइरहेको छ । स्वनियमनमा चल्नुपर्ने सहकारीहरु आफै पनी दिग्भ्रमित भइरहेको अवस्थामा पाँच तार ाले भविष्यको नीति तथा कार्यक्रम तय गर्दै अगाडी बढ्नु पर्ने अवस्था छ । ताकि भोलिका दिनहरुमा बचत देखि कर्जा सम्मको सुरक्षित ब्यवस्थापन होस् । हुनत हामीले संस्थागत सुसाशन र रकम सुर क्षामा भरपर्दो शरुवात गरिसकेका छौ । संस्थाको भवन र भल्टको विमा, रकम स्थानान्तरणको बिमा, कर्मचारी बिमा गरीजोखिम ब्यवस्थापनको प्रारम्भिक शुरुवात गरिएको छ । भने भविष्यमा हरेक ऋणिको ऋण सुरक्षण बिमा तर्फ हाम्रो ध्यान गइरहेको छ । त्यसरी नै लगानीकर्ताको अर्थात ऋणीको ब्यवसाय÷ब्यापार मा बिमाको अनिवार्यता गर्ने जस्ता भरपर्दो सुरक्षा दिनु पर्ने आवश्यकता छ । त्यसरी नै ब्यवसाय गर्ने सदस्यहरुको लागि ब्यवसाय प्रवद्र्वन÷प्रशासनिक ब्यवस्थापन÷लेखा ब्यवस्थापन, कर जानकारी आदि जस्ता बिषयहरुमा आवश्यक परार्मश÷सहयोग समेत उपलब्ध गराइ सफल ब्यवासायी बनाउने तर्फ ध्यान पुर्याउनु पर्ने पनि हाम्रो कर्तब्य सम्झी कार्य गर्नु पर्ने आवश्यकता छ । पुरातन शैली÷बिचार र ब्यवस्थापनले नयाँ युगको धरातल भेट्न सकिन्न अत सहकारीका मूल्य मान्यता र मूल भावनालाइ अप्ठेरो नपर्ने गरी रुपान्तरीत हुदै ब्यवसायिक हुनुपर्ने आवश्यकता पनी छ भर्ने अर्को तर्फ सामाजिक मर्यादित जीवन जिउनका लागि सदस्यहरुको हरे क समस्यामा साथ रहनु पर्ने हाम्रो दायित्व पनि हुनेछ । यसर्थ बिगतमा हामीले कल्पना गरेझै पाँच तारा सदस्य परिवार भित्र जन्मदेखी मृत्यु सम्म जो डिन सक्ने सामाजिक भाव श्रृजना गर्नु र त्यसरी नै एक अर्कामा सहयोग प्रवाह निरन्तर हुने वातारण श्रृजना गर्नु गराउनु पर्ने पनी हामी माथि जिम्मेवारी थपिदै छ । जस्ले नेपाली अ‍ैचौ÷पैचो, भारोपर्म जस्ता परम्पराहरु आफ्नै माटोमा पुर्नजिबन भएको अनुभूति होस् ।
सहकारी सहकार्यवाट चल्छ । सहकार्य भनेको संगै काम गर्नु हो । अत उपरोक्त लक्ष्य प्राप्त गर्न सबै सदस्यहरुले पाँच तारा परिवारसंग सहकार्य गर्ने काममा पछी पर्नु हुन्न । “सबैका लागि एक र एकका लागि सबै” भन्ने मूल भावना संग सबै सदस्यले एकाकार हुन सके र सबै सदस्यरुपी ताराहरु पाँच तारा रुपी आकाशमा चम्किन सके जस्तो सुकै अधेरी रातमा पनी गन्तब्य पगेल्न सकिनेछ ।
खुल्ला आकासमुनी टेण्ट राखी गरिएको संस्था स्थापना चरण देखि आफ्नै भवन बनाइ कार्यालय ब्यवस्थापन गर्दा सम्मको यात्रामा सबैको सहयोग रहे को छ । स्वयसेबी भई रु १५०० पारिश्रमिकमा समेत सो इच्छाले काम गरी संस्थाको आजसम्मको यात्रामा निरन्तर रहने कर्मचारी हाम्रा सम्पती हुन् । र जो आज पनि यस संस्थामा प्रबेश गरेको छन सबैवाट भएको संस्था प्रतिको अपनत्वले पारिवारिक भाव अझ गहिरो भएको हामीलाइ लागेको छ । संस्थागत ब्यवस्थापन गर्दै सञ्चालक समिति, उपसमितिहरु कर्तब्य प्रति सजग हुदै कर्मले नेतृत्व गर्नुपर्ने आवश्यकता छ । आजसम्मको यात्रामा हामी सबै एकाकार नै छौ र भोली पनी यस सहकारीको विकासमा भावनात्मक रुपमा जोडिनु पर्नेछ । उत्पादनमुलक कार्यमा जाने हाम्रो लक्ष्य रहेको र यस्का लागि समिति नै बनाइ सुझाव सल्लाह लिने काम भइरहेको छ । त्यस्तै सुबिधा सम्पन्न जेष्ठ नागरिक सेवा सहकारी संस्था खोल्ने तर्फ यस अघि नै हामीले सोच बनाइ साधारण सभाबाट अनुमोदन समेत गराई सकेका छौ । भने ब्यापारिक केन्द्र काठमाण्डौमा रहेको सहकारी भएकाले सुबिधा सम्पन्न ब्यापारिक सहकारी भवन मार्फत आधूनिक बिश्व ब्यापार संग परम्परागत नेपाली कलासंस्कृती र उत्पादनलाइ जोड्न सकियो भने हाम्रो यात्रा सुखमय हुनेछ भन्ने हाम्रो ठम्याई छ । यसवर्षबाटै हामीले जेष्ठ नागरिकहरुको सम्मान गर्ने परम्परा पनि शुरुवात गरेका छौं । हरेक बार्षिकोत्सव कार्यक्रममा पाँच पटक रक्तदान गर्ने महादानी रक्तदातालाई प्रमाण पत्र सहित सम्मान र निरन्तर संस्थामा पाँच बर्ष सेवा गर्ने कर्मचारीलाई अभिनन्दन गर्दै आएका छांै । आगामी दिनमा यि कार्यक्रमहरुलाई निरन्तरता दिदै सवैको सल्लाह र सुझाव बमोजिम कार्यक्रमलाई थप परीमार्जन र व्यवस्थित गर्दै लगिने नै छ ।
अन्तमा बिगतबाट सिक्ने, बर्तमानमा काम गर्ने र भविष्यको सुखद यात्रा गर्ने लक्ष्यका साथ पाँच तारा सहकारी अगाडी बढिरहेको छ । अग्रजहरुको सम्मान गर्ने नेपाली परम्परालाइ सहकारीमा जोड्दै सहकारीका मूर्धन्य सिल्पकार अग्रजहरुको बिगत आठ बर्षदेखि पाँच ताराले सम्मान गरिरहेको छ । सबै सम्मानित ब्यक्तित्वहरु प्रति आभार ब्यक्त गर्न चाहन्छु साथै यस स्मारिकामा लेख, बिज्ञापन, शुभकामना दिइ सहयोग गर्ने सबै महानुभाव तथा संस्था प्रति आभार ब्यक्त गर्दछु । लगनसशिल कर्मचारी, र मेरा सहयात्री सञ्चालक मित्र र आदरणिय सदस्य महानुभावहरुमा म संस्थाप्रति यहाँहरुको सहयोग र सद्भावका लागि धन्यवाद सहित नववर्ष तथा संस्थाको आठौं वार्षिको त्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
धन्यवाद
जय सहकारी ! ! !
जय पाँच तारा साकोस ! ! !

सहकारीमा संस्कार

सहकारीमा संस्कार

भोला नाथ पाठक

building

अध्यात्मीक जगतमा मानिसका १६ संस्कार वर्णन गरिएका छन् जन्म देखि मृत्य सम्मका विभिन्न संस्कार हुन्छन त्यसमा पनि जन्म संस्कार को विशेष महत्व हुन्छ र त्यस दिनलाई स्मरण गर्दै हरेक वर्ष जन्मदिन मनाइन्छ । आफू जन्मेको सार्थकता रहे नरहेको समिक्षा गरिन्छ । हो त्यस्तै रहेछ कुनै पनि कानूनी व्यक्तिको जन्म र अन्य संस्कारका कुराहरु । कति मानिस यस पृथ्वीलोकमा जन्मिए र देहत्याग गरे तर ती मध्ये केहि मात्र व्यक्तिको नाम स्मरणयोग्य ठानी मानीसले जन्मौं जन्म सम्झीरहन्छ । त्यस्तै रहेछ कानूनी व्यक्ति (फर्म, कम्पनी, संघ, संस्था, उद्योग) आदिको अवस्था पनि । जन्म पछि प्राप्त स्याहार सुसार र व्यवहारले शिसुको अगाडिका संस्कारहरु गर्न बाटो खुल्दछ यदि असल स्याहार गरिएन भने अस्तित्व रहदैन मानिस या कुनै पनि जिवको । अनि थप संस्कारको कहाँ गुँन्जायस हुन्छ र ? यहि नियम लागु हुँदोरहेछ कानूनी व्यक्तिमा पनि ।
हरेक स्थान, समय, प्रभाव र व्यवहारले पनि कसैको जन्म व्यक्ति व्यक्ति पिच्छे फरक प्रभाव र महत्वको हुदो रहेछ । हरेक वर्ष बैशाख १ गते आइरहंदा मलाई पाँच तारा साकोसको जन्मदिन विशेष लाग्ने गर्छ । आफ्नो जन्मदिन कैयौपटक विर्सिएको छु तर पाँच ताराको कैहिल्यै विर्सिएन । नौ बर्ष भयो यो संस्था जन्मिएको । चैत्र २० गते डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा विधिवत जन्मिएको पाँच तारा रुपी सहकारीको एघारौ दिनको न्वारन हो झै लाग्छ वैशाख १ गते किनकी न्वारनवाट वास्तविक नाम पाँउछ शिसुले । तथापी नामले कोही राम्रो या नराम्रो हुने त होइन, कर्मलाई हेर्ने हो समाजले । कर्मद्वारा नै व्यक्तिको पहिचान हुने हो र संस्था पनि त्यस्तै हो रहेछ । हाम्रा कर्मले संस्थाको पहिचान झल्कन्छ। हरपल हरक्षण गरिने कर्मले भविष्यको आकार तय हुने हो कुनै पनि संस्थाको । असल परिवार हुन परिवारका हर व्यक्ति असल हुन जरुरी भएझैं संस्थाको सफलतामा सबै सदस्यरुपी परिवारको असल कर्म जरुरी छ । एकै मात्र सदस्यको आचारण र व्यवहारले पनि संस्थाको समग्र व्यवस्थापनमा असर पार्दछ । सवै ले संस्थाको हित र उन्नतीका लागि कार्य गर्नु जरुरी छ । सहकारीमा हर एक व्यक्ति हर अर्को व्यक्ति प्रति उत्तरदायि हुने विशेष व्यवस्था रहने हुन्छ । त्यसैले सहकारीको मूल नारा नै ‘एकका लागि सबै र सबैका लागि एक’ हुन गएको हो । कम्पनी र अन्य नाफामूखी संस्था जस्तो हुदैन सहकारीमा । व्यक्तिको उन्नती भन्दा पनी सामूहिक उन्नतीको परिकल्पना गरिन्छ यहाँ । सहकारी व्यक्तिको उन्नतीका साथै सम्पुर्ण सहकारी सदस्य परिवार र सामुदायिक उन्नतीमा सहयोगि हुने एक मात्र कृयाकलाप हो । यस कार्यमा पाँच तारा साकोसको यात्रा जारी छ ।
विगतको अनुभव, वर्तमानको कार्यक्रम र भविष्यको योजनाबाट संस्थालाई दिगो उन्नतीको दिशातर्फ लान सहयोग मिल्दछ । यस कार्यको प्राप्तिका लागि हामीले वर्तमानमा कर्मलाई आत्मसात गरिरहेका छौं । तथापी राज्यको नीति नियम र दृष्टिकोणले निकै प्रभाव पार्ने रहेछ संस्थालाई । वचत ऋण सहकारीका सम्बन्धमा राज्य केहि अनुदार हुने संकेत मिलिरहेको छ । परियोजना गर्न नपाउने, सदस्य हुनका लागि सिमित दायरा, संस्थागत वचत लिन नहुने जस्ता विषयले हामीलाई भविष्यको योजना तय गर्न केही असजिलो पक्कै भएको छ । एकातीर सहकारीले समाजको रुपान्तरणमा सहयोग गर्नु पर्छ भन्ने र अर्को तर्फ उत्पादनशिल कार्यक्रममा व्यवहारीक बन्देज लगाउने कार्यले बोलाई र गराई वीच फरक हुंदै गएको छ राज्य । हालका वर्षहरुमा राज्यले सहकारीबाट ठूलो मात्रामा कर प्राप्त गरिरहेको र यस्को कर असुली संयन्त्रवाट थप अपेक्षा समेत गरिदै आएको छ एकातीर भने यस क्षेत्रको संकुचनामा हात धोएर लाग्नेहरुको वोलवाला वढिरहेको छ । गणतन्त्रात्मक र प्रजातान्त्रिक पाँच तारा साकोस आचरणको राज्य त्यसमाथि खुल्ला प्रतिस्पर्धात्मक अर्थतन्त्र अंगालेको राज्यले कुनै पनि व्यवसायिक क्षेत्र तथा संस्था प्रति अनावश्यक संकुचन गर्न खोज्नु अभियान र राज्य दुवैका लागि प्रत्यूत्पादक हुने निश्चित छ । हालका दिनहरुमा वचत तथा ऋण सहकारी संस्था दर्ता गर्न नै वन्देज लागेको अवस्था छ । अन्य विषयगत र बहुउद्देश्यिय सहकारी संस्था दर्तामा पनि वचत गर्ने प्रावधान राख्न नपाइने अवस्था छ । यो त निर्दलिय पञ्चायती व्यवस्थामा पनी भएको थिएन । समुह वचत गर्ने कृयाकलाप वरु त्यतिखेर पनि सहज थियो । सहकारीका सम्बन्धमा हामी उल्टो बाटो हिड्न खोजिरहेको भान सवैलाई परेको छ । राज्य र अभियानले गर्ने कमजोरी भोलिका पुस्ताले धिक्कार्ने खालको नहोस ! हामी यति मात्र अपेक्षा गर्न सक्छौं यस अवस्थामा ।
सहकारी अभियानमा केही कमी कमजोरी भएको भए देशव्यापी अभियान चलाएर राज्य र सहकारी अभियानले यसलाई सही मार्गमा ल्याउन प्रयास गर्नु पर्ने हो । दण्ड सजायँ र नियमले मात्र समाज अनि संस्था सुध्रने होइन वरु नियतवस सहकारीमा प्रवेश गरि सहकारीलाई ध्वस्त पार्ने काम कसैले नगरोस भनी हामी पनी सचेत रहनुपर्ने अवस्था छ । पाँच तारा सहकारी नीति नियमलाई पालना गर्दै अगाडी बढ्ने प्रण गरिरहेको छ तर केही अष्पष्ट नीति नियमहरुले निश्चिन्त रुपमा सहकारी कृयाकलाप गर्न सकिने अवस्था छैन । कोष, कर, लगानी, सदस्यको दायरा जस्ता विषयहरु हाम्रा लागि पनि चुनौतीका रुपमा आएका छन् । सवैलाई समाञ्जस्य गर्दै संस्थाका करिव २५०० सदस्यको हितमा कार्य गर्दै जानु पर्ने छ हामीले । जेष्ठ नागरिक कल्याण कार्यको लागि हाम्रो पहल जारी छ । उपत्यका भित्र बढ्दो जग्गाको मूल्य वृद्धिले उक्त कार्यका लागि जग्गा व्यवस्थापन गर्न गारो हुदै गएको छ, तथापी प्रयास जारी नै छ । सवैको सहयोग भए असम्भव छ जस्तो हामीलाई लाग्दैन ।
संस्थाले सवै सदस्यलाई सहकारीको मूल्य आदर्श र भावना वारे साथै संस्थाका विषयमा क्रमबद्ध जानकार बनाउदै लाने अभिप्रायले व्यवस्थित तालिम हल निर्माण गरेको छ । यस आ.व. वाट उक्त हलको प्रयोग गरिने छ । व्यवसायगत तालिम, कर, घरेलु उद्यम, विकास र व्यवस्थापन सम्बन्धमा कार्यक्रम तय गरी आगामी आ.व. बाट संस्था मार्फत सदस्य अभिमुखीकरण कृयाकलापलाई अगाडी वढाइने छ । यसबाट ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने राष्ट्रिय सहकारी संघको नारालाई केही मात्रामा भए पनि टेवा पुग्नेछ भन्ने हामीलाई लागेको छ । गरिवका लागि सहकारी भन्ने पुरातन रटान परित्याग गरि सवैका लागि सहकारी भन्ने भावनाबाट अव सहकारी निर्देशित हुनु पर्दछ किनकी गरिवी रहि रहे दिगो विकास लक्ष्य प्राप्त हुदैन ।
संस्थागत हिसावले ९ बर्ष मात्रैको कलिलो वालक झै भविश्यको निरन्तर यात्रामा छ पाँच तारा साकोस । तथापी व्यवहारीक रुपमा हामी वयस्क युवा झैं गन्तव्यमा छौ लक्ष प्राप्तीका लागि । यस अवस्थामा संस्कारयुक्त आचरणको सवैबाट अभ्यास भएमात्रै अगाडि बढ्न सकिनेछ भने सदस्यहरुको संस्था प्रतिको चासोले नै हामीलाई थप सुकर्ममा लाग्ने प्रेरणा मिल्नेछ । गरेका काम प्रति सकारात्मक प्रतिकृया र प्रेरणाले थप उर्जा प्रदान गर्दछ भने सुझाव र प्रतिकृयाले सजग बनाउदछ । सहकारी संस्थाले सदस्यबाट अपेक्षा गर्ने विषय यहि हो । हामी पनि सबै शुभचिन्तक र सहकर्मी अनि सदस्यबाट यही अपेक्षा गर्दछौं । नव वर्ष २०७४ हामी सवैका लागि थप प्रेरणा उन्मुख बन्न सकोस भन्ने शुभकामना सहित यस स्मारिकाका लागि शब्द श्रृंखलावाट यस बर्ष यहि वीट मार्ने अनुमती चाहान्छु ।
जय देश ! जय सहकारी ! !
जय पाँच तारा साकोस ! ! !
भोला नाथ पाठक