Commitment From Chief Manager

प्रशासकिय प्रमुखको प्रतिबद्धता

सदस्यहरुलाई आफूले आर्जन गरेको आयबाट नियमित रुपमा बचत गर्न उत्पेरित गर्ने र संकलन भएको पूँजी तथा रकम सदस्यहरुको आर्थिक उन्नतीका खातीर व्यवसायिक तथा उत्पादन मूलक क्षेत्रमा लगानीका लागि सरल र सुलभ तरिकाले ऋण प्रवाह गरी शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था सुधार गर्ने उद्देश्यका साथ सहकारी ऐन २०४८ बमोजिम २०६४ चैत्र २० गते दर्ता भई २०६५ साल बैशाख १ गते ३१ जना संस्थापक सदस्यको उपस्थितिमा संस्थाको विधिवत स्थापना भएको हो । सहकारीका बिश्वब्यापी मूल्य मान्यता एवम सिद्धान्तहरुको ब्यवहारिक अनुसरण गर्दै सबै बर्गका सदस्यहरुलाई सहभागी गराई सुगन्ध सहितको फुल र शितलता दिने बृक्षको रुपमा आफुलाई पहिचान गराउदै २००० भन्दा बढि शेयर सदस्यहरुको साझा चौतारी बन्न सफल भएको यस संस्था आफ्नो गन्तब्य र निर्दिष्ट बिन्दुहरुलाई भेदन गर्न संस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्यहरुका साथ अगाडी बढी रहेको छ । यस साकोस सदस्यहरुको विश्वास र मायांका साथ अल्पकालिन, मध्यकालीन र दिर्घकालीन योजनाका आधारमा संस्थागत बिकास गरी राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमै परिचित र स्व—सक्षम संस्था बनाउने परिकल्पना सहित अगाडी लम्किरहेको छ । संस्थालाई दरिलो र नमुनाको रुपमा देखाउन चाहने शेयर सदस्य शुभचिन्तक जनसमुदाय, बुद्धिजीबि प्रति आभार प्रकट गर्दै बिभिन्न संघ÷संस्था, सहकारी विभाग, डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ, नेफ्स्कून, कास्कूनलगायत सवैबाट संस्थाको लक्ष्य प्राप्तीमा विगतमा झैं सद्ध्भाव र सहयोगको निरन्तर अपेक्षाका साथ मेरो ज्ञान सीप, बुद्धि बिबेक र क्षमताले भ्याएसम्म संस्थाको दिगो बिकासका लागि मन, बचन र कर्मले निरन्तर लागि रहने प्रतिबद्धता ब्यक्त गर्दछु ।