सूचनाहरु

सदस्यहरुको जिम्मेवारीहरु

१. समयमा नियमित बचत बुझाउने ।
२. आफूलाई आवश्यक ऋण संस्थाबाट लिने ।
३. समयमा ऋणको ब्याज तथा साँवा बुझाउने ।
४. संस्थाको प्रत्येक साधारण सभामा सहभागी हुने ।
५. संस्थाको निर्वाचनमा स्वच्छ भावनाले सहभागी हुने ।
६. संस्थाबाट उपलब्ध गराईएका सेवाहरु उपभोग गर्ने ।
७. संस्थाको उद्धेश्यवारे जानकारी लिने ।
८. सहकारी सिद्धान्त, मूल्य, मान्यताको जानकारी लिने ।
९. सस्था उन्नतितिर गएको छ वा छैन भन्नेवारे ध्यान दिने ।
१०. संस्थाका खराब आचरण भएकालाई सुधार गर्न इमान्दारी पूर्वक प्रयास गर्ने ।
११. आफ्नो संस्थाको राम्रो पक्षको प्रचारप्रसार गर्ने ।
१२. संस्थामा देखिएका समस्याको समाधान गर्नमा सक्रिय सहयोग गर्ने ।
१३. संस्थाको बारे फैलाइएका भ्रम निवारणको लागि प्रतिवाद तथा निवारण गर्न पहल गर्ने ।
१४. समय समयमा संस्थाले तोकिएका अन्य कुराहरुको पालना गर्ने ।

सदस्यहरुलाई जानकारी

१. हरेक सदस्यले कम्तिमा मासिक नियमित बचत रु ५०० पाँचसय संस्थामा जम्मा गर्नुपर्ने छ । यो रकम संस्थाको सदस्य रहन्जेल फिर्ता हुनेछैन ।
झिक्न पाईने छैन ।
२. सदस्यता त्याग गरिसकेपछि मात्र सदस्यताको शेयर रकम, नियमित बचत र यसको ब्याजसमेत हिसाब गरी सम्पुर्ण रकम फिर्ता गरिनेछ ।
३. नियमित बचत प्रत्येक महिनाको ७ गते भित्र बुझाउनुपर्ने छ । ७ गतेपछि रु १० दश रुपैया जरिवाना लाग्नेछ ।
४. प्रत्येक साधारणसभामा तथा कार्यक्रमहरुमा सदस्य अनिवार्य उपस्थित हुनुपर्नेछ ।
५. पौष र आषाढ १६ गतेपछि सो महिनाको नियमित बचतमा जम्मा भएको रकममा ब्याज दिइनेछैन ।
६. सदस्य बनेपछि ३ महिना नियमित बचत नबुझाईकन संस्थाबाट ऋण लिन पाईनेछैन ।
७. सदस्यहरुले संस्थाबाट आयोजना गरिएका सामाजिक सेवाका क्रियाकलापहरुमा सहभागिता जनाउनु पर्छ ।
८. तीन महिनासम्म नियमित बचत नबुझाएमा सदस्यता स्वतः निलम्बित हुन सक्नेछ ।
९. पैतिस दिनसम्म कर्जाको ब्याज नबुझाइ बस्ने कुनै पनि सदस्यले साधारण सभामा भाग लिन पाउनेछैन ।
१०.यस्तै प्रकुतिको अन्य संस्थामा सदस्य भएको सदस्यले यस संस्थाको कुनै पनि पदमा बस्न पाउनेछैन ।