Message From chairperson

अध्यक्षको विचार

सहकारी सदस्यहरुवीचको सहकार्यबाट चल्छ । सहकार्य भनेको संगै काम गर्नु हो । सहकारीको एक मात्र लक्ष्य सदस्य हित हो । अतः उपरोक्त लक्ष्य प्राप्त गर्न यस संस्थाका सबै सदस्यहरुले पाँच तारा परिवारसंग सहकार्य गर्ने काममा पछि पर्नु हुन्न । सबैकालागि एक र एकका लागि सबै भन्ने मुल भावनासंग सबै सदस्यहरुले एकाकार हुन सके र सबै सदस्यरुपि ताराहरु पाँच तारा रुपी आकाशमा चम्किन सके जस्तो सुकै अधेरी रातमा पनी गन्तब्य पर्गेल्न सकिनेछ ।
संस्था स्थापना देखिका बिभिन्न आरोह अवरोह पार गर्दै संस्थाले आफ्नै जग्गामा सुविधा सम्पन्न भवन निमार्ण गर्न सफल भएको छ । भोलिका दिनमा हामीले उत्पादनशिल क्षेत्रमा लाग्दै सामुहिक उन्न्तीका लागि कार्य गर्नु पर्ने छ । लाखौंको रोजगारी श्रृजना गरिरहेको र देशको उद्यमशिलतामा अतुलनिय योगदान गरिरहेको सहकारी क्षेत्रको समग्र विकासमा थप सहज नीति नियमको आवश्यकता भएपनि सहकारीका नाममा हुने अस्वस्थ्य प्रतिस्पर्धा र यसलाई हेर्ने दृष्टि भ्रमका कारण आगामी दिनहरु सहकारी क्षेत्रकै लागि च्ुानौतिपुर्ण छन् तथापी भोलिका दिनमा पनि हामीले थप जिम्वेवारी बोधकासाथ संस्थाको हितमा कार्य गरि समुदायमा आधारित संस्थाको पहिचान निरन्तर बनाई राख्नु आवश्यक छ । नैतिकवान सदस्य, जिम्वेवार संचालक र मिहेनती कर्मचारी संस्था विकासका लागि आधारस्तम्भ हुन् । यसैका आधारमा संस्थाको दिगो उन्नतीका लागि जग वसाल्ने काम भएको र आगामी दिनमा यसलाई निरन्तरता दिंदै सवै सदस्यको हितमा अझ धेरै कार्य गर्नु पर्ने छ । यसका लागि सवैबाट संस्था संधै झै निरन्तर सहयोगको अपेक्षा गर्दछ । जय सहकारी, जय पाँच तारा ।