लेख तथा रचना
अबको बाटो
भोला नाथ पाठक
वर्षान्तको चैत्र महिनाका सन्ध्याहरुमा क्षितिजमा जव लाली चढ्छ शुभ विहानीको प्रतिक्षामा पाँच तारा साकोसले हरेक दिन तारा गन्दै बैशाख १ गते को प्रतिक्षा गर्छ । प्रत्येक सालको चैत्र २० गतेवाटै पाँच तारा सहकारीको बार्षिकोत्सव प्रारम्भ भएझै लाग्छ । मलाई सहकारीमा चासो राख्ने हरेक सदस्यहरुमा एक प्रकारको उमंग संचार भएझै अनुभुत गर्छु म ।
देशले सहकारीको बार्षिकोत्सव मनाउँदै गर्दा संगसंगै जोडिएर यस पाँच तारा साकोसको बार्षिकोत्सव पनि शुरुवात हुन्छ । किनकि चैत्र २० गतेवाटै राष्ट्रिय सहकारी दिवसकै दिन २०६४ चैत्र २० गते यस संस्थाको पनि दर्ता भएको दिन पर्दछ संयोगले । र राष्ट्रिय सहकारी दिवसलाई समेत समेट्दै यस संस्थाले आफ्नो दर्ता भएको दिन हरेक बर्ष चैत्र २० गते नै रक्तदान कार्यक्रम गर्दै आएको छ । भने संस्थाले बचत तथा ऋणको कारोवार कार्यालय मार्फत शुरुवात गरेको २०६५ बैशाख १ गतेको सम्झना स्वरुप हरेक बर्ष वैशाख १ गते भव्य रुपमा बार्षिकोत्सव मनाउने गर्दछ सांस्कृतिक तथा मनोरन्जनात्क कार्यक्रम सहित “पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान कार्यक्रम” का साथ । कँहि कतैबाट यसलाई खर्चालु भनिए पनि “मौकामा हिरा फोड्नु बेमौकामा कौडी नछोड्नु” भन्ने चर्चित नेपाली उक्तिलाई हामीले राम्ररी नै बुझेका छौं । यस दिनलाई हामी हाम्रा अग्रजहरुको सम्मानका लागि समेत समर्पण गर्दछौं । नयाँ बर्षको नाममा जाँड रक्सी र फजुल खर्चमा समय व्यतित गर्नेहरु यहाँ नभएका होइनन वरु हामी सहकारीकर्मीहरुका लागि नयाँ बर्षको शुरुवात अग्रजहरुका विचार सुन्नमा व्यतित हुनु राम्रो हो भन्ने हामीलाई लागेको छ । यसलाई सानुपर्छ कि भन्ने सदस्य तथा शुभचिन्तकहरुको विचारलाई हामीले मनन नगरेको पनि होइन तथापी इतिहाँस र विगत सार्न सकिन्न जसरी जन्म र मृत्युको दिन सार्न सकिन्न यसलाई सवै सदस्य तथा अग्रजहरुले “असल कर्मवाट वर्षको शुरुवात” भनि बुझिदिनु हुनेछ भन्ने अपेक्षा लिएको छु । यहाँहरुसंगै यस महान पर्वका दिन एकाकार हुने अवसर प्राप्त भएको मा गौरवान्वित महशुस गरिरहेको छु । विगत देखि नै यस कार्यक्रममा उपस्थित भई हामीलाई हौसला प्रदान गर्नु हुने र नवागन्तुक सवै सदस्य तथा विद्वान महानुभावहरुमा हार्दिकतापुर्वक नमन गर्न चाहन्छु ।
संस्था स्थापना चरणको हाम्रो प्रयास र हामीलाई सहयोग गर्ने सबैलाई आज यस घडिमा प्रत्येक नयाँ बर्षको वार्षिकोत्सव सँगै हरेक पटक सम्झने गर्दछु । इतिहास आफै बन्छ बनाउनु पर्दैन । कर्म गर्ने मानिसका लागि हरेक पल इतिहासको निरन्तर ता रहेछ । समयले देखाएको आवश्यकता पगेल्दै जानु बाहेक हाम्रा सामु अर्को बिकल्प पनि कहाँ छ र ? संस्था स्थापनाकालको समयरुपी धरातल र आजको धरातल बीच कैयौं गुणाको फरक आइसकेको छ । संस्था केवल अव हाम्रो इच्छा संग जोडिएन यहाँ त हजारौं सदस्य र तिनका बिचार र आवश्यकतासंग जोडिएर आउने रहेछ । मानवीय बिकासक्रम झै संस्थाको भौतिक बिकास संगै भावनात्मक र कृयात्मक सम्बेगहरु प्रवाहित गर्नु पर्ने र सेवा प्रति कर्तब्यनिष्ठ हुन हामीलाई हरेक कोणबाट हौसाला र प्रेरणा प्राप्त भइरहेछ ।
संस्था बिकास निरन्तर प्रकृया हो र पनि एउटा बिषयले भने मलाई सधै पिरोलिरहन्छ कि आमालाई सन्तानको माँया हुन्छ र रातदिन चिन्ता गरिरहन्छिन तर सन्तानले त्यसै अनुरुप आमा प्रति सद्भाव र ाखेन भने आमाको मन कँुडिन्छ र बिचलित हुन्छ, त्यसरी नै यस आमारुपी संस्थाले हामी जस जस्लाई जुन प्रकारले चिनायो । संस्थावाट सेवा सुबिधा लियो, कर्जा सुबिधा, बचतमा लोभलाग्दो ब्याज, राम्रो कार्य गर्ने प्रति सद्भावना, पुरस्कार तर के संस्थाको भविश्य प्रति हामी सबै सदस्य चिन्तित छौ कि छैनौ ? केवल वार्षिक साधारण सभा र कार्यक्रममा भौतिक उपस्थितिले मात्र संस्थारुपी आमाको हेरचाह होला र ? हामीले आन्तरिक स्वास्थ्य अवस्था, यस्को भविष्य र गन्तब्य पगेल्नु पर्नेछ । सहकारी क्षेत्रप्रति नै भएको चौतर्फी आक्रामण, दिग्भ्रमित यो जनाकारहरु, गैरजिम्मेवार अभिभावकहरुवाट नै सहकारीको रुपान्तरणमा अत्यन्तै जटील अवस्थाहरु श्रृजना भएको अवस्था छ । यस घडीमा ऐन नियम बिनियम, अनुगमन आदिको नाममा सहकारीलाई सहकारी झै चल्न नदिइ ‘हकारी’ चलाउने प्रपन्च भइरहेको छ । स्वनियमनमा चल्नुपर्ने सहकारीहरु आफै पनी दिग्भ्रमित भइरहेको अवस्थामा पाँच तार ाले भविष्यको नीति तथा कार्यक्रम तय गर्दै अगाडी बढ्नु पर्ने अवस्था छ । ताकि भोलिका दिनहरुमा बचत देखि कर्जा सम्मको सुरक्षित ब्यवस्थापन होस् । हुनत हामीले संस्थागत सुसाशन र रकम सुर क्षामा भरपर्दो शरुवात गरिसकेका छौ । संस्थाको भवन र भल्टको विमा, रकम स्थानान्तरणको बिमा, कर्मचारी बिमा गरीजोखिम ब्यवस्थापनको प्रारम्भिक शुरुवात गरिएको छ । भने भविष्यमा हरेक ऋणिको ऋण सुरक्षण बिमा तर्फ हाम्रो ध्यान गइरहेको छ । त्यसरी नै लगानीकर्ताको अर्थात ऋणीको ब्यवसाय÷ब्यापार मा बिमाको अनिवार्यता गर्ने जस्ता भरपर्दो सुरक्षा दिनु पर्ने आवश्यकता छ । त्यसरी नै ब्यवसाय गर्ने सदस्यहरुको लागि ब्यवसाय प्रवद्र्वन÷प्रशासनिक ब्यवस्थापन÷लेखा ब्यवस्थापन, कर जानकारी आदि जस्ता बिषयहरुमा आवश्यक परार्मश÷सहयोग समेत उपलब्ध गराइ सफल ब्यवासायी बनाउने तर्फ ध्यान पुर्याउनु पर्ने पनि हाम्रो कर्तब्य सम्झी कार्य गर्नु पर्ने आवश्यकता छ । पुरातन शैली÷बिचार र ब्यवस्थापनले नयाँ युगको धरातल भेट्न सकिन्न अत सहकारीका मूल्य मान्यता र मूल भावनालाइ अप्ठेरो नपर्ने गरी रुपान्तरीत हुदै ब्यवसायिक हुनुपर्ने आवश्यकता पनी छ भर्ने अर्को तर्फ सामाजिक मर्यादित जीवन जिउनका लागि सदस्यहरुको हरे क समस्यामा साथ रहनु पर्ने हाम्रो दायित्व पनि हुनेछ । यसर्थ बिगतमा हामीले कल्पना गरेझै पाँच तारा सदस्य परिवार भित्र जन्मदेखी मृत्यु सम्म जो डिन सक्ने सामाजिक भाव श्रृजना गर्नु र त्यसरी नै एक अर्कामा सहयोग प्रवाह निरन्तर हुने वातारण श्रृजना गर्नु गराउनु पर्ने पनी हामी माथि जिम्मेवारी थपिदै छ । जस्ले नेपाली अैचौ÷पैचो, भारोपर्म जस्ता परम्पराहरु आफ्नै माटोमा पुर्नजिबन भएको अनुभूति होस् ।
सहकारी सहकार्यवाट चल्छ । सहकार्य भनेको संगै काम गर्नु हो । अत उपरोक्त लक्ष्य प्राप्त गर्न सबै सदस्यहरुले पाँच तारा परिवारसंग सहकार्य गर्ने काममा पछी पर्नु हुन्न । “सबैका लागि एक र एकका लागि सबै” भन्ने मूल भावना संग सबै सदस्यले एकाकार हुन सके र सबै सदस्यरुपी ताराहरु पाँच तारा रुपी आकाशमा चम्किन सके जस्तो सुकै अधेरी रातमा पनी गन्तब्य पगेल्न सकिनेछ ।
खुल्ला आकासमुनी टेण्ट राखी गरिएको संस्था स्थापना चरण देखि आफ्नै भवन बनाइ कार्यालय ब्यवस्थापन गर्दा सम्मको यात्रामा सबैको सहयोग रहे को छ । स्वयसेबी भई रु १५०० पारिश्रमिकमा समेत सो इच्छाले काम गरी संस्थाको आजसम्मको यात्रामा निरन्तर रहने कर्मचारी हाम्रा सम्पती हुन् । र जो आज पनि यस संस्थामा प्रबेश गरेको छन सबैवाट भएको संस्था प्रतिको अपनत्वले पारिवारिक भाव अझ गहिरो भएको हामीलाइ लागेको छ । संस्थागत ब्यवस्थापन गर्दै सञ्चालक समिति, उपसमितिहरु कर्तब्य प्रति सजग हुदै कर्मले नेतृत्व गर्नुपर्ने आवश्यकता छ । आजसम्मको यात्रामा हामी सबै एकाकार नै छौ र भोली पनी यस सहकारीको विकासमा भावनात्मक रुपमा जोडिनु पर्नेछ । उत्पादनमुलक कार्यमा जाने हाम्रो लक्ष्य रहेको र यस्का लागि समिति नै बनाइ सुझाव सल्लाह लिने काम भइरहेको छ । त्यस्तै सुबिधा सम्पन्न जेष्ठ नागरिक सेवा सहकारी संस्था खोल्ने तर्फ यस अघि नै हामीले सोच बनाइ साधारण सभाबाट अनुमोदन समेत गराई सकेका छौ । भने ब्यापारिक केन्द्र काठमाण्डौमा रहेको सहकारी भएकाले सुबिधा सम्पन्न ब्यापारिक सहकारी भवन मार्फत आधूनिक बिश्व ब्यापार संग परम्परागत नेपाली कलासंस्कृती र उत्पादनलाइ जोड्न सकियो भने हाम्रो यात्रा सुखमय हुनेछ भन्ने हाम्रो ठम्याई छ । यसवर्षबाटै हामीले जेष्ठ नागरिकहरुको सम्मान गर्ने परम्परा पनि शुरुवात गरेका छौं । हरेक बार्षिकोत्सव कार्यक्रममा पाँच पटक रक्तदान गर्ने महादानी रक्तदातालाई प्रमाण पत्र सहित सम्मान र निरन्तर संस्थामा पाँच बर्ष सेवा गर्ने कर्मचारीलाई अभिनन्दन गर्दै आएका छांै । आगामी दिनमा यि कार्यक्रमहरुलाई निरन्तरता दिदै सवैको सल्लाह र सुझाव बमोजिम कार्यक्रमलाई थप परीमार्जन र व्यवस्थित गर्दै लगिने नै छ ।
अन्तमा बिगतबाट सिक्ने, बर्तमानमा काम गर्ने र भविष्यको सुखद यात्रा गर्ने लक्ष्यका साथ पाँच तारा सहकारी अगाडी बढिरहेको छ । अग्रजहरुको सम्मान गर्ने नेपाली परम्परालाइ सहकारीमा जोड्दै सहकारीका मूर्धन्य सिल्पकार अग्रजहरुको बिगत आठ बर्षदेखि पाँच ताराले सम्मान गरिरहेको छ । सबै सम्मानित ब्यक्तित्वहरु प्रति आभार ब्यक्त गर्न चाहन्छु साथै यस स्मारिकामा लेख, बिज्ञापन, शुभकामना दिइ सहयोग गर्ने सबै महानुभाव तथा संस्था प्रति आभार ब्यक्त गर्दछु । लगनसशिल कर्मचारी, र मेरा सहयात्री सञ्चालक मित्र र आदरणिय सदस्य महानुभावहरुमा म संस्थाप्रति यहाँहरुको सहयोग र सद्भावका लागि धन्यवाद सहित नववर्ष तथा संस्थाको आठौं वार्षिको त्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
धन्यवाद
जय सहकारी ! ! !
जय पाँच तारा साकोस ! ! !
सहकारीमा संस्कार
भोला नाथ पाठक
अध्यात्मीक जगतमा मानिसका १६ संस्कार वर्णन गरिएका छन् जन्म देखि मृत्य सम्मका विभिन्न संस्कार हुन्छन त्यसमा पनि जन्म संस्कार को विशेष महत्व हुन्छ र त्यस दिनलाई स्मरण गर्दै हरेक वर्ष जन्मदिन मनाइन्छ । आफू जन्मेको सार्थकता रहे नरहेको समिक्षा गरिन्छ । हो त्यस्तै रहेछ कुनै पनि कानूनी व्यक्तिको जन्म र अन्य संस्कारका कुराहरु । कति मानिस यस पृथ्वीलोकमा जन्मिए र देहत्याग गरे तर ती मध्ये केहि मात्र व्यक्तिको नाम स्मरणयोग्य ठानी मानीसले जन्मौं जन्म सम्झीरहन्छ । त्यस्तै रहेछ कानूनी व्यक्ति (फर्म, कम्पनी, संघ, संस्था, उद्योग) आदिको अवस्था पनि । जन्म पछि प्राप्त स्याहार सुसार र व्यवहारले शिसुको अगाडिका संस्कारहरु गर्न बाटो खुल्दछ यदि असल स्याहार गरिएन भने अस्तित्व रहदैन मानिस या कुनै पनि जिवको । अनि थप संस्कारको कहाँ गुँन्जायस हुन्छ र ? यहि नियम लागु हुँदोरहेछ कानूनी व्यक्तिमा पनि ।
हरेक स्थान, समय, प्रभाव र व्यवहारले पनि कसैको जन्म व्यक्ति व्यक्ति पिच्छे फरक प्रभाव र महत्वको हुदो रहेछ । हरेक वर्ष बैशाख १ गते आइरहंदा मलाई पाँच तारा साकोसको जन्मदिन विशेष लाग्ने गर्छ । आफ्नो जन्मदिन कैयौपटक विर्सिएको छु तर पाँच ताराको कैहिल्यै विर्सिएन । नौ बर्ष भयो यो संस्था जन्मिएको । चैत्र २० गते डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा विधिवत जन्मिएको पाँच तारा रुपी सहकारीको एघारौ दिनको न्वारन हो झै लाग्छ वैशाख १ गते किनकी न्वारनवाट वास्तविक नाम पाँउछ शिसुले । तथापी नामले कोही राम्रो या नराम्रो हुने त होइन, कर्मलाई हेर्ने हो समाजले । कर्मद्वारा नै व्यक्तिको पहिचान हुने हो र संस्था पनि त्यस्तै हो रहेछ । हाम्रा कर्मले संस्थाको पहिचान झल्कन्छ। हरपल हरक्षण गरिने कर्मले भविष्यको आकार तय हुने हो कुनै पनि संस्थाको । असल परिवार हुन परिवारका हर व्यक्ति असल हुन जरुरी भएझैं संस्थाको सफलतामा सबै सदस्यरुपी परिवारको असल कर्म जरुरी छ । एकै मात्र सदस्यको आचारण र व्यवहारले पनि संस्थाको समग्र व्यवस्थापनमा असर पार्दछ । सवै ले संस्थाको हित र उन्नतीका लागि कार्य गर्नु जरुरी छ । सहकारीमा हर एक व्यक्ति हर अर्को व्यक्ति प्रति उत्तरदायि हुने विशेष व्यवस्था रहने हुन्छ । त्यसैले सहकारीको मूल नारा नै ‘एकका लागि सबै र सबैका लागि एक’ हुन गएको हो । कम्पनी र अन्य नाफामूखी संस्था जस्तो हुदैन सहकारीमा । व्यक्तिको उन्नती भन्दा पनी सामूहिक उन्नतीको परिकल्पना गरिन्छ यहाँ । सहकारी व्यक्तिको उन्नतीका साथै सम्पुर्ण सहकारी सदस्य परिवार र सामुदायिक उन्नतीमा सहयोगि हुने एक मात्र कृयाकलाप हो । यस कार्यमा पाँच तारा साकोसको यात्रा जारी छ ।
विगतको अनुभव, वर्तमानको कार्यक्रम र भविष्यको योजनाबाट संस्थालाई दिगो उन्नतीको दिशातर्फ लान सहयोग मिल्दछ । यस कार्यको प्राप्तिका लागि हामीले वर्तमानमा कर्मलाई आत्मसात गरिरहेका छौं । तथापी राज्यको नीति नियम र दृष्टिकोणले निकै प्रभाव पार्ने रहेछ संस्थालाई । वचत ऋण सहकारीका सम्बन्धमा राज्य
केहि अनुदार हुने संकेत मिलिरहेको छ । परियोजना गर्न नपाउने, सदस्य हुनका लागि सिमित दायरा, संस्थागत वचत लिन नहुने जस्ता विषयले हामीलाई भविष्यको योजना तय गर्न केही असजिलो पक्कै भएको छ । एकातीर सहकारीले समाजको रुपान्तरणमा सहयोग गर्नु पर्छ भन्ने र अर्को तर्फ उत्पादनशिल कार्यक्रममा व्यवहारीक बन्देज लगाउने कार्यले बोलाई र गराई वीच फरक हुंदै गएको छ राज्य । हालका वर्षहरुमा राज्यले सहकारीबाट ठूलो मात्रामा कर प्राप्त गरिरहेको र यस्को कर असुली संयन्त्रवाट थप अपेक्षा समेत गरिदै आएको छ एकातीर भने यस क्षेत्रको संकुचनामा हात धोएर लाग्नेहरुको वोलवाला वढिरहेको छ । गणतन्त्रात्मक र प्रजातान्त्रिक पाँच तारा साकोस आचरणको राज्य त्यसमाथि खुल्ला प्रतिस्पर्धात्मक अर्थतन्त्र अंगालेको राज्यले कुनै पनि व्यवसायिक
क्षेत्र तथा संस्था प्रति अनावश्यक संकुचन गर्न खोज्नु अभियान र राज्य दुवैका लागि प्रत्यूत्पादक हुने निश्चित छ । हालका दिनहरुमा वचत तथा ऋण सहकारी संस्था दर्ता गर्न नै वन्देज लागेको अवस्था छ । अन्य विषयगत र बहुउद्देश्यिय सहकारी संस्था दर्तामा पनि वचत गर्ने प्रावधान राख्न नपाइने अवस्था छ । यो त निर्दलिय पञ्चायती व्यवस्थामा पनी भएको थिएन । समुह वचत गर्ने कृयाकलाप वरु त्यतिखेर पनि सहज थियो । सहकारीका सम्बन्धमा हामी उल्टो बाटो हिड्न खोजिरहेको भान सवैलाई परेको छ । राज्य र अभियानले गर्ने कमजोरी भोलिका पुस्ताले धिक्कार्ने खालको नहोस ! हामी यति मात्र अपेक्षा गर्न सक्छौं यस अवस्थामा ।
सहकारी अभियानमा केही कमी कमजोरी भएको भए देशव्यापी अभियान चलाएर राज्य र सहकारी अभियानले यसलाई सही मार्गमा ल्याउन प्रयास गर्नु पर्ने हो । दण्ड सजायँ र नियमले मात्र समाज अनि संस्था सुध्रने होइन वरु नियतवस सहकारीमा प्रवेश गरि सहकारीलाई ध्वस्त पार्ने काम कसैले नगरोस भनी हामी पनी सचेत रहनुपर्ने अवस्था छ ।
पाँच तारा सहकारी नीति नियमलाई पालना गर्दै अगाडी बढ्ने प्रण गरिरहेको छ तर केही अष्पष्ट नीति नियमहरुले निश्चिन्त रुपमा सहकारी कृयाकलाप गर्न सकिने अवस्था छैन । कोष, कर, लगानी, सदस्यको दायरा जस्ता विषयहरु हाम्रा लागि पनि चुनौतीका रुपमा आएका छन् । सवैलाई समाञ्जस्य गर्दै संस्थाका करिव २५०० सदस्यको हितमा कार्य गर्दै जानु पर्ने छ हामीले । जेष्ठ नागरिक कल्याण कार्यको लागि हाम्रो पहल जारी छ । उपत्यका भित्र बढ्दो जग्गाको मूल्य वृद्धिले उक्त कार्यका लागि जग्गा व्यवस्थापन गर्न गारो हुदै गएको छ, तथापी प्रयास जारी नै छ । सवैको सहयोग भए असम्भव छ जस्तो हामीलाई लाग्दैन ।
संस्थाले सवै सदस्यलाई सहकारीको मूल्य आदर्श र भावना वारे साथै संस्थाका विषयमा क्रमबद्ध जानकार बनाउदै लाने अभिप्रायले व्यवस्थित तालिम हल निर्माण गरेको छ । यस आ.व. वाट उक्त हलको प्रयोग गरिने छ । व्यवसायगत तालिम, कर, घरेलु उद्यम, विकास र व्यवस्थापन सम्बन्धमा कार्यक्रम तय गरी आगामी आ.व. बाट संस्था मार्फत सदस्य अभिमुखीकरण कृयाकलापलाई अगाडी वढाइने छ । यसबाट ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने राष्ट्रिय सहकारी संघको नारालाई केही मात्रामा भए पनि टेवा पुग्नेछ भन्ने हामीलाई लागेको छ । गरिवका लागि सहकारी भन्ने पुरातन रटान परित्याग गरि सवैका लागि सहकारी भन्ने भावनाबाट अव सहकारी निर्देशित हुनु पर्दछ किनकी गरिवी रहि रहे दिगो विकास लक्ष्य प्राप्त हुदैन ।
संस्थागत हिसावले ९ बर्ष मात्रैको कलिलो वालक झै भविश्यको निरन्तर यात्रामा छ पाँच तारा साकोस । तथापी व्यवहारीक रुपमा हामी वयस्क युवा झैं गन्तव्यमा छौ लक्ष प्राप्तीका लागि । यस अवस्थामा संस्कारयुक्त आचरणको सवैबाट अभ्यास भएमात्रै अगाडि बढ्न सकिनेछ भने सदस्यहरुको संस्था प्रतिको चासोले नै हामीलाई थप सुकर्ममा लाग्ने प्रेरणा मिल्नेछ । गरेका काम प्रति सकारात्मक प्रतिकृया र प्रेरणाले थप उर्जा प्रदान गर्दछ भने सुझाव र प्रतिकृयाले सजग बनाउदछ । सहकारी संस्थाले सदस्यबाट अपेक्षा गर्ने विषय यहि हो । हामी पनि सबै शुभचिन्तक र सहकर्मी अनि सदस्यबाट यही अपेक्षा गर्दछौं ।
नव वर्ष २०७४ हामी सवैका लागि थप प्रेरणा उन्मुख बन्न सकोस भन्ने शुभकामना सहित यस स्मारिकाका लागि शब्द श्रृंखलावाट यस बर्ष यहि वीट मार्ने अनुमती चाहान्छु ।
जय देश ! जय सहकारी ! !
जय पाँच तारा साकोस ! ! !
भोला नाथ पाठक