Member’s Story
बिष्णु प्रसाद गौचन सदस्य नं.१२३ (बैशाख १, २०७५)

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका वडा नं. २ गले श्वरमा बि. सं. २०३२ साल चैत्र १० गते सामान्य किसान परिवारका गङ्गा प्रसाद गौचन र खड्ग देबी गौचनका तीन छोरा र तीन छोरी मध्ये कान्छो छोराको रुपमा जन्मनु भएको थियो बिष्णु प्रसाद गौचन । कक्षा दश सम्म स्थानीय गलेश्वर मा. वि. मा अध्ययन गरेको गौचन २०४८ सालमा काठमाडौ छिरेका हुन । सुरुमा पेप्सीकोला कम्पनीमा काम गर्न थालेका गौचनले दुई वर्ष सम्म काम गरी दिदीको सहयोगमा होटल ब्यवसाय सुरु गर्नु भयो । थकाली परिवार प्रायः होटल व्यवसाय नै गर्ने भएका हुनाले गाउँमा खेती किसानीका साथसाथै बुबाआमाले होटल ब्यवसाय पनि गर्ने गर्नु भएकोले उहाँलाई राम्रै अनुभव थियो । यसले आफुलाई होटल व्यवसायमा सहयो ग पुगे को वताउन्छन उनी । २०५२ सालमा कर्ण देवी गौ चनसँग वैवाहिक सम्बन्धमा बाँधि¬एका गौचनका दुई छोरीहरु छन । नर्सिङ्गको पढाई सके र जेठी छोरी विवाह पश्चात थप अध्यनको सिलसिलामा अष्ट्रेलिया गएकिछिन भने कान्छी छोरीले एस. ई . ई . (कक्षा १०) परीक्षा सकेकी छिन । पाँच तारा सहकारीको स्थापनाताका नै संस्थाकी व्यवस्थापक राधा कडरिया मार्फ त सदस्य बन्नु भएका गौचन संस्थाका हरे क कार्यक्रममा सक्रिय सहभागीता जनाउँदै आएको बताउनु हुन्छ । नियमित बचत गर्ने सदस्यहरु मध्येबाट पुरस्कृत गौचनले आफ्नो व्यवसायबाट भएको कमाई र पाँच तारा सहकारीको ऋण सहयोगमा दुई वर्ष अगाडी भक्तपुरमा घडेरी समेत किन्नु भएको छ । आवश्यक परेको बेला पाँच तारा सहकारीबाट पाएको निरन्तर सहयो गबाट आफु उत्साहित भएको बताउनु हुने गौचन संस्थाले विभिन्न व्यवसायिक तालिम दिएमा सदस्यहरु थप लाभान्वित हुने बताउनु हुन्छ ।