About Us

हाम्रो बारेमा

२०६४ साल चैत्र २० गते राष्ट्रिय सहकारी दिवसकै दिन डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा नियमानुसार दर्ता भएको यस पाँच तारा बचत तथा ऋण सहकारी संस्था समाजमा छरिएर रहेको रकमलाई बचत गर्न प्रोत्साहित गर्दै सहरी गरिवीको भयावह अवस्थालाई लगानीको माध्यमबाट केहि मात्रामा भएपनि योगदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो । “बचत गर्नु राम्रो पाँच तारामा गर्नु झनै राम्रो” भन्ने नाराका साथ यस संस्थाले २०६५ साल बैशाख १ गतेबाट विधिवत आफ्नो कार्यारम्भ गरेको थियो । सहकारीको सर्बमान्य सिद्धान्त,मूल्य र मान्यतालाई शिरोपर गर्दै बिभिन्न पेशा ब्यवसायमा आवद्ध भएका तथा पेशा व्यवसाय गरि आत्मनिर्भर हुन चाहने ब्यक्ति एंव समुदायहरुलाई ऐक्यवद्ध गर्दै, स्वावलम्बी अर्थतन्त्र निर्माणका लागि योगदानगर्नु तथा समुदायका सवै बर्ग, उमेर र पेशाका व्यक्तिहरुलाई शुरक्षित भविश्यका लागि नियमित रुपले बचत गर्ने बानीको बिकास गर्दै लैजानु यस संस्थाको अन्तरनिहित उद्देश्यरहेको छ । यस सहकारीले सहकारी सिद्धान्त एंव अन्तराष्ट्रिय बचत तथा ऋण संघका सिद्धान्तहरु पलना गर्दै आफ्ना शेयर सदस्यहरुबाट बचत स्विकार गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने, सुलभ ब्याजदरमा ऋण लगानी गर्ने तथा शेयर सदस्यहरुको हितका लागि तोकिएका अन्य कार्यहरु गरि आएको छ ।


परिकल्पना (VISION)

ग्रामिण गरिवी देखिने सत्य हो भने सहरी गरिवी लुकेको सत्य । यहाँ रहेका प्रसस्त सम्भावनाहरुलाई व्यवहारमा उतार्नका लागि रकम व्यवस्थापन,सहज पहुँच नहुनु र मार्गदर्शनको अभावकाकारण परिणामुखी बनाउन नसक्दा व्यक्ति हरदिन मानसिक चिन्तामा रहने गरेका छन् । यहाँ विलासी सहरी जीवन देखी सडकमै रात विताउने सम्मका मानिसवीचको विशाल सामाजिक र आर्थिक अन्तर रहेको छ । यसै विषयलाई आत्मसात गर्दै संस्थामा बचत हुनगएको रकमका माध्यमबाट “सबैकालागि एक र एकका लागि सबै” भन्ने सहकारीको मुल भावनाकासाथ तल्लो बर्गदेखि उद्यमशिल समुदाय÷व्यक्तिको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतीका माध्यमवाट सभ्य समाज निर्माणको परिकल्पना ९ ख्ष्कष्यल ० यस संस्थाको रहेको छ ।


ध्येय (Mission)

संस्थाको कार्यक्षेत्र तथा स्थानिय आन्तरिक स्रोत र साधनको अधिकतम् प्रयोग तथा ब्यवस्थित परिचालन सहित जन्म देखि मृत्युसम्म्का भौतिक एवं मानबिय अत्यावश्यक पूर्वाधारहरुको बिकास गरी सदस्यहरुको सामाजिक, आर्थिक दिगो उन्नती गर्दै समुदायमा आधारीत मजवुत सहकारी संस्थाको रुपमा विकास गर्ने ।


लक्ष्य(Goals)

पारदर्शिता, इमान्दारिता र मितव्ययीतालाई ध्यान दिंदै सहकारीको भावना र मर्मलाई व्यवहारीकरण गरि सहकारीमा आवद्ध सदस्यहरुका लागि ब्यापार ब्यवसाय र उद्यमशिलताको माध्यमवाट रोजगार सिर्जना गर्दै स्वावलम्वि अर्थतन्त्र निर्माणका लागि राज्यलाई टेवा दिने ।


उद्देश्य(Objectives)

मुख्यतया बैंक तथा बित्तिय संस्थाहरुसम्म सरल पँहुच नभएका तर आर्थिक अवस्था सुधारमा प्रयास गरिरहने समुदायका मानीसहरुबाट स—साना बचत रकमलाई संकलन गरी सामुहिक पूँजीको स्थापना गरी सदस्यहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार गर्दै समाजमा आर्थिक बिभेदको अन्त्य र सामाजिक न्यायको स्थापना गर्नु यस संस्थाको मुख्य उद्देश्य हो ।


  • संस्थामा संलग्न सदस्यहरुवीच स्वावलम्वन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरि नियमित बचत गर्ने वानी बसाउने ।
  • सदस्यहरुमा छरिएर रहेको श्रम, सीप, साधन र पूँजीलाई एकत्रित गरी सदस्यहरुलाई आयआर्जनको क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने ।
  • सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखि बिबिध किसिमका योजनाहरुको प्रर्बद्धन गर्नुका साथै बिभिन्नतह र स्तरका सहकारी र गैरसहकारी संघ संस्थाहरु संग समन्वय गर्दै सदस्यहरु बीच बित्तिय सेवा सुबिधाहरु बिस्तार गर्दै जाने ।
  • बढ्दो बेरोजगारीलाई न्युनीकरण गर्न शेयर सदस्यहरुलाई स्वदेशमै स्वरोजगारको लागि आवश्यक ऋण प्रदान गर्ने ।
  • सदस्यहरुको व्यक्तिगत क्षमता विकास तथा उनीहरुको उत्पादन, व्यवसाय तथा पेशाको लागि बचत परिचालन गर्ने ।