पाँच तारा साकोसको सभाकक्ष हल उद्घाटन

पाँच तारा साकोसको सभाकक्ष हल उद्घाटन

no images were found

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ २६ गते शुक्रबार आफ्नै भवनमा निर्माण गरेको सुविधा सम्पन्न पाँच तारा सभा कक्षको उद्घाटन एक कार्यक्रमका बीच गरेको छ । नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले उक्त सभा कक्षको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन सभामा बोल्दै अध्यक्ष बस्नेतले पुरानो सिनामंगल आसपासमा २० वटा जति सहकारी संस्था भएको जानकारी आफूले पाएको र ती सबैलाई समेटेर वृहत् एकिकरणको नेतृत्व पाँच तारा साकोसले गरे नेफ्ूस्कुनले पनि सहयोग गर्ने बताउनु भयो ।
सोही अवसरमा संस्थाले सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि एक दिने गोष्ठी समेत सम्पन्न गरेको थियो ।
एक नम्बर क्षेत्रका कर अधिकृत विश्वबन्धु पौडेलले सहकारीमा कर सम्बन्धी विषयमा सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो । उँहाले आगामी सोमबार पाँच तारा सभा कक्षमा सिनामंगल आसपासका व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी कर सम्बन्धी तालिम सञ्चालन गरिने जानकारी दिनुहुँदै सबैलाई उपस्थित हुन आग्रह गर्नुभयो । देश निर्माणमा करको महत्वपूर्ण भूमिका भएका सबैले पारदर्शी हिसाबले कर तिर्न समेत उँहाको आग्रह थियो ।
कार्यक्रममा नेफ्स्कुनका तालिम अधिकृत नव कुमार अधिकारीले सहकारी सञ्चालक, लेखासमिति र उपसमितिको जिम्मेवारी र सदस्यको भूमिकाका विषयमा प्रशिक्षण दिनु भएको थियो । उनले सहकारीमा संगठनात्मक संरचना, सहकारी व्यवस्थापनका आधारभूत कुराहरु, सुशासन र बचत तथा ऋण सहकारी संस्थाका ४ सिद्धान्त लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
संस्थाका अध्यक्ष भोलानाथ पाठकले ५० जना क्षमता भएको यस सभा कक्षलाई सबै संघसंस्थाहरुले आवश्यक पर्दा न्यूनतम शुल्कमा प्रयोग गर्न सक्ने बताए । व्यवसायिक प्रयोजनको लागि प्रयोग गर्न चाहने सबै संघ संस्थाका लागि समेत हल उपलब्ध गराइने उनले बताउनु भयो ।
संस्थाले हरेक महिना सबै सदस्यहरुलाई सहकारी शिक्षा दिँदै जाने र संस्थामा नयाँ सदस्य बन्नेहरुलाई संस्था र सहकारी सम्बन्धी आधारभूत जानकारी दिएर मात्र सदस्य बनाउने पनि उनले बताउनु भयो ।
निकट भविष्यमा नै संस्थाको प्रवद्र्धनमा मुलुकभरका सहकारीमा आवद्ध महिला तथा पुरुष उद्यमीहरुले उत्पादित वस्तुहरुको विक्री कक्ष सञ्चालनमा ल्याउने तयारी आफूहरुले गरेको उनले बताउनु भयो । संस्थाको आफ्नै भवनबाट सहकारीद्वारा उत्पादित वस्तुको बजारिकरण र उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउने लक्ष्य संस्थाको छ ।

One Response to पाँच तारा साकोसको सभाकक्ष हल उद्घाटन

  1. tinyurl.com says:

    Having read this I believed it was very informative. I appreciate
    you spending some time and energy to put this information together.
    I once again find myself spending way too much time both
    reading and leaving comments. But so what, it was still worth it!

Leave a Reply

Your email address will not be published. Required fields are marked *